|

सुर्खेत : सुर्खेतका ५ नगरपालिका र ४ गाउँपालिकामा कार्यकारी अधिकृत तोकिएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सोमबार स्थानीय तह कार्यान्वयनका लागि गरेको निर्देशनअनुसार सबै स्थानीय तहमा कार्यकारी अधिकृत नियुक्त गरिएको जिल्ला समन्वय समिति सुर्खेतका सचिव अमृतकुमार लम्सालले जानकारी दिएका छन्।

लम्सालका अनुसार वीरेन्द्रनगर नगरपालिकामा विमलराज आचार्यलाई कार्यकारी अधिकृत नियुक्त गरिएको छ। भेरीगंगा नगरपालिकामा रामप्रसाद चपाई, गुर्भाकोट नगरपालिकामा टेकबहादुर खत्री, पश्चिम सुर्खेतमा रहेको पञ्चपुरी नगरपालिकामा नारायणदेव गिरी र लेकबेसी नगरपालिकामा तेजबहादुर रोकायलाई कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ।

गाउँपालिकातर्फ चौकुने गाउँपालिकामा कार्यकारी अधिकृतको रुपमा टेकबहादुर शाही, बराहताल गाउँपालिकामा केशरबहादुर डाँगी, चिङगाड गाउँपालिकामा गोविन्द पौडेल, सिम्ता गाउँपालिकामा गोविन्द राना नियुक्त भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.