|

बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

बेलायत सरकारले यही फेब्रुवरी १५ देखि यस्तो नियम बनाएको हो। बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो। यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैँले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ।

बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने बताइएको छ। 

बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिन नयाँ नियम घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ। दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो नियम लगाइएको छ। ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.