|

भारतमा कृषि कानुनविरुद्ध किसानहरुले आज देशव्यापाी जक्काजाम आयोजना गरेका छन्। आन्दोलनलाई थप चर्काउँदै किसानहरुले आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजामको घोषणा गरेका छन्।

किसान नेताको तर्फबाट राजधानी दिल्लीमा पनि चक्का जाम गर्ने घोषणा गरेपछि दिल्ली प्रहरीले सतर्कता बढाएको छ। गत जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

दिल्ली प्रहरीका डिसिपी क्राइम चिन्मय बिस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा थप कडा बनाइएको बताएका छन्। दिल्लीभित्र पनि सुरक्षा प्रबन्ध कडा गरिएको छ। नयाँ दिल्लीका डिसिपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेसनमा सर्ट नोटिसमा बन्द गर्न तयार हुन निर्देशन दिएका छन्।

यसैबीच भारतमा जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्रसंघको मानव अधिकारवादी संस्था ह्युमन राइट्सले भारतीय प्रशासन र आन्दोलित किसान दुवै पक्षलाई बढीभन्दा बढी संयता अपनाउन अपिल गरेको छ। 

उसले भनेको छ, ‘सबै किसिमका मानव अधिकारको सम्मान गर्दै न्यायपूर्ण निकास निकाल्न जरुरी छ।’ भारतमा दुई महिनादेखि जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघले पहिलोपटक आफ्नो अभिव्यक्ति दिएको हो। किसानहरुको मागलाई मध्यनजर गर्दै आगामी १८ महिनाका लागि उक्त कानुन स्थगित गर्ने सरकारले बताए पनि उक्त कानुन खारेज गर्न माग गर्दै किसानहरुले आन्दोलन जारी नै राखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.