|

नेपालगञ्ज : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका केही दलले साम्प्रदायिकता भड्काएर नेपाललाई अस्थिर बनाउने प्रयास गरिरहेको बताएका छन्। उनले नेपालमा जातीय, धार्मिक तथा सामाजिक दंगा भड्काएर गृहयुद्धमा धकेल्ने प्रयास गरिरहेको बताए।

मेचीमहाकाली अभियानका क्रममा नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जनलहर देखेर केही दल डराएर एमालेको अभियानमा कालो टालो देखाउने गरेको बताए। एमाले देश बनाउने अभियानमा लागेको छ, यतिखेर एमालेलाई कसैले देखाएको कालो टालो हेर्ने फुर्सद छैन’, उनले भने।

युगोस्लाभाकिया र रुवाण्डामा भड्किरहेको जातीय तथा साम्प्रदायिक हिंसा जस्तै नेपालमा पनि मधेसवादी दलले हिंसा भड्काउन गरेको प्रयास असफल भएको दावी गरे। जातीय र साम्प्रदायिक हिंसा फैलाउने केही दलको प्रयासलाई एमालेले असफल बनाइदिएको छ’, ओलीले भने।

जातीय तथा साम्प्रदायिक हिंसा भड्केकै कारण रुवाण्डा र युगोस्लाभाकियाका जनताले खानलाउन नपाएको बताउँदै उनले नेपालमा पनि यस्तै गर्न खोजिए एमालेले नसहने बताए । आफूले मधेसी जनतालाई कहिल्यै अपमान नगरेको उल्लेख गर्दै उनले मधेसी जनतालाई उत्तर प्रदेश र विहार जाऊ भन्ने गलत प्रचार गरिएको समेत बताए। मधेसीलाई उत्तर प्रदेश र विहार जाऊ भन्ने गलत भ्रम फैलाएर मधेसी दलले जनतामा जाने बाटो बनाएका मात्र हुन्’, ओलीले भने।

वर्तमान संविधानले मधेसीलगायत पछाडि परेका समुदायलाई भेदभाव नगरेको उनले दावी गरे। संविधान कार्यान्वयनका लागि ३ तहको निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्ने उनको आग्रह थियो। उनले भने, ‘निर्वाचन भएन भने संविधान असफल हुन्छ, संविधान असफल भए देशमा ठूलो दुर्घटना निम्तिन्छ।

उनले राजनीतिमा पक्ष, विपक्ष हुने र मत भिन्नता, भिडन्त हुनसक्ने औँल्याउँदै लोकतन्त्रमा कसैलाई निषेध गर्न नपाइने धारणा राखे । कसैको लोकप्रियता देखेर उसलाई निषेध गर्ने गरी आपराधिक गतिविधि गर्ने छुट कसैलाई छैनओलीले भने, ‘मधेसीको अधिकारका लागि शवमाथि खेल्ने काम केही मधेसवादी दलले गर्नु देशको लागि घातक छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.