|

काठमाडौं : साहित्यकार पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन भएको छ। राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो।

हातेमालो साहित्य संगलद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन भएको हो। साहित्य क्षेत्रमा निकै रुचि राख्ने धमला ओखलढुंगा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी छिन्। उनले यसअघि पनि विभिन्न साहित्यिक कृतिहरु विभिन्न माध्यमबाट बजारमा ल्याउने गरेकी छिन्।

विमोचन कार्यक्रममा धमलाले आफ्नो यो पुस्तकमा समावेश भएका गजलहरु सबैले मन पराइदिने आशा राखेको बताएकी छिन्। कार्यक्रममा उप्रेतीसहित अन्य विभिन्न साहित्यकारहरुको उपस्थित थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.