|

पर्सा : केपी शर्मा ओली सरकारले गरेको संसद् विघटनको कदमविरुद्ध समाजवादी पार्टी नेपालले वीरगञ्‍जमा मसाल जुलुस निकालेको छ। समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवको नेतृत्वमा आइतबार मसाल जुलुस निकालिएको हो।

विरोधसभामा जनता समाजवादीका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध चर्का नारासमेत लगाएका थिए। सरकारको यस कदमविरुट नेकपामै दुई धार देखिएको छ भने नेपाली कांग्रेसलगायत सम्पूर्ण पार्टीहरू सडक आन्दोलनमा छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यससम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.