|

गुल्मी : गुल्मी  जिल्लाका १० गाउँपालिका र २ नगरपालिकाको कार्यालय उद्घाटन भएको छ। जिल्लाका ७५ गाविस र १ नगरपालिकालाई समायोजन गरी बनाइएको १० गाउँपालिका र २ नगरपालिमा  कार्यकारी अधिकृत खटाउनुका साथै कार्यालय उद्घाटन गरिएको हो। नयाँ संरचना अनुसार मंगलबारदेखि कर्मचारीहरु गाउँपालिका र नगरपालिकाको केन्द्रमा पुगी कार्यलय सञ्चालन गर्न थालेका जिल्ला समन्वय समितिका योजना अधिकृत खड्ग थापाले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकामा बावुराम पल्ली, मुसीकोट नगरपालिकामा नवराज घिमिरे, इस्मा गाउँपालिकामा नरबहादुर अर्याल, कालिगण्डकी गाउँपालिकामा शिवहरि मरासिनी, गुल्मी दरबार गाउँपालिकामा फर्सबहादुर कार्की, सत्यवती गाउँपालिमा हरिप्रसाद भण्डारी,चन्द्रकोट गाउँपालिकामा लोकनाथ पोखरेल, रुरु गाउँपालिकामा जगन्नाथ ज्ञवाली कार्यकारी अधिकृत नियुक्त भएका छन् । त्यस्तै छत्रकोट गाउँपालिकामा शेरबहादुर कुवँर, धुर्कोट गाउँपालिकामा डिल्लीराज आचार्य, मदाने गाउँपालिकामा डिल्लीराज भट्टराई, मालिका गाउँपालिकामा युवराज खड्का कार्यकारी अधिकृतमा नियुक्त भएका योजना अधिकृत थापाले जानकारी दिए।

रेसुङ्गा नगरपालिकामा पहिलेकै कार्यकारी अधिकृत पल्लीलाई नै नियुक्त गरिएको छ भने अन्य गाउँपाललिका र नगरपालिकामा गाविसमा रहेका सचिवहरुलाई थप जिम्मेवारी दिएर कार्यकारी अधिकृतमा जिम्मेवारी दिइएको हो। मंगलबारदेखि नै जिल्लाका सबै वडा कार्यालयमा पनि कर्मचारी नियुक्त भएका छन्। गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकामा जम्मा ९३ वटा वडा रहेका छन्। सबै भन्दा बढी रेसुङ्गा नगरपालिकामा १४ वटा वडा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.