|

सिमरा : राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र छाड्ने ठेकदारले भुक्तानी बापतको रकम लिइसकेको खुलेको छ।

बाराको सिमरास्थित रगंशालामा प्याराफिट निर्माणका लागि २०७२ सालमा ८२ लाखमा रिजन निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो। तर, यो कम्पनीले १ वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरेपनि काम रङ्गशालालाई अलपत्र पारिदिएको छ। तर, ठेक्का कबोल बमोजिमको सबै रकम कम्पनीले भुक्तानी पाइसकेको जिल्ला फुटबल संघले जनाएको छ।

निर्माणधीन २ वटा प्याराफिटमध्ये रिजन निर्माण सेवाले प्याराफिटमा रेलिङ र सेफ्टी लगायतका काम अलपत्र छोडेको छ। अर्को ठेकदार कम्पनी सुमन निर्माण सेवाले ३५ देखि ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ।

सुमन निर्माण सेवा कलैयाले १ करोड ७० लाख रुपैयाँमा लिएको ठेक्का ३६ प्रतिशत कममा सकारेपनि कोरोना महामारीका कारण खेलकुद परिषद्ले रकम फिर्ता लगेपछि प्याराफिट निर्माणको काम अलपत्र परेको हो।

सो रगंशालामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको थियो। नव जनजागृती युवा क्लबले २०६६ सालदेखि शुरू गरेको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘सिमरा गोल्डकप’ गत वर्ष कोभिडका कारण हुन सकेको थिएन। तर, यस वर्ष आयोजना गर्ने तयारी भइरहेको छ।

बारा जिल्ला फुटबल संघका पूर्वउपाध्यक्ष तथा महासचिव समेत रहेका शम्भुसिंह ठकुरीले रगंशालाको प्याराफिट निर्माण काम अधुरै रहेको बताएका छन्। ‘रेलिङ राखिएको छैन, सेफ्टी छैन, भोलिका दिनमा कुनै पनि खेलकुद प्रतियोगितात्मक कार्यक्रम राखेमा दुर्घटना जोखिम हुने देखिएको छ,’ ठकुरीले भने, ‘यो वर्ष पनि प्याराफिट निर्माणको काम समयमै सम्पन्न नहुदाँ खेलकुद गतिविधि गर्न हामीलाई समस्या छ।’

सिमरा रगंशालामापाकिङ्ग, डिप बोरिङ, सभाहल, ट्रेनिङ हल निर्माण निम्ति राष्ट्रिय खेलकुद परिषद्ले आश्वासन दिएको ठकुरीले जनाएका छन्। १४ बिगाहा क्षेत्रफलमा फैलिएको यो खेलकुद मैदान बारा जिल्लाको सबैभन्दा ठूलो खेलमैदान हो। 

काम गरेको रकममात्रै लिएको ठेकेदारको दाबी

प्याराफिट निर्माण जिम्मा सकारेको रिजन निर्माण सेवाका प्रोपाइटर राजुमान महर्जनले रेलिङ, सेफ्टी र प्याराफिटको रंगरोगन लगायतको जिम्मेवारी आफ्नो नभएको बताएका छन्।

‘८२ लाखको काम हामीले ६६ लाखमा सम्पन्न गरेर हस्तान्तरण पनि गरिसक्यौं, अब रेलिङ, सेफ्टी निर्माण हाम्रो जिम्मेवारी होइन,’ महर्जनले भने।

गत आर्थिक वर्षमै ठेकदार कम्पनीले प्याराफिट निर्माणको अन्तिम बिलको समेत भुक्तानी लिइसकेको छ। ‘हामीले काम गरे बराबरको प्राविधिक मूल्यांकन गरेर भुक्तानी लिएका हौ, बाँकी रहेको काम हाम्रो होइन,’ उनले भने।

कानुन अनुसार काम हस्तान्तरण गरेको १३ महिनाभित्र मर्मत सम्भार गर्नुपरेका सम्वन्धित ठेकेदारले जिम्मेवारी हुनेछ। महर्जनले १ वर्षभित्र हुने मर्मत सम्भारको काम आफ्नै ठेक्का कम्पनीले गर्ने जनाएपनि बाँकी काम भने नगर्ने स्पष्ट पारे।

अर्को ठेक्का कम्पनी सुमन निर्माण सेवाले २०७७ जेठ मसान्तभित्रै सक्नुपर्ने भिआइपी प्याराफिट निर्माणको काम कोभिडका कारण ढिलो भएको ठेक्का कम्पनीका नवीन अधिकारीले जनाएका छन्।

‘हामी काम गर्न तयार थियौं, तर कोभिडको कारण ठेक्काको रकम खेलकुद परिषद्ले फिर्ता लगेपछि काम रोकिएको हो,’ उनले भने, ‘हामीले शुरूको ४० लाख रुपैयाँ भुक्तानी लिइसकेका छौं,, ७४ लाख लिन बाँकी छ,’ अधिकारीले भने।

सिमरा रंगशालामा निर्माणाधीन २ वटा प्याराफिट अलपत्र अवस्थामा भएपछि अहिले सबैखाले प्रतियोगिता तथा खेलकुदको गतिविधि गर्न आयोजक संस्थाहरूलाई सकस भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.