|

सिन्धुपाल्चोक : फलामको ढुङग्रीले हिर्काएर पत्नीको हत्या आरोपमा प्रहरीले मेलम्ची नगरपालिका १० का ४६ वर्षका तीर्थबहादुर नेपालीलाई पक्राउ गरेको छ। फागुन १९ गते राती नेपालीले फलामे ढुङ्ग्रीले पत्नी गोपिनीको टाउकोमा हिर्काउँदा उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए।

पत्नीको मृत्युपछि काइँला बुबा पर्ने तिलकराम दमाईको सहयोगमा उनले अँधेरी खोलामा लगि शव फालेको प्रहरीसँगको बयानमा खुलाएका छन्। प्रहरीले काकालाई समेत पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटनाको प्रमाणित भएको हो।

तीर्थबहादुरले फागुन १९ गते राती ११ बजेदेखि पत्नी हराइरहेको भनी प्रहरीमा जाहेरी दिएका थिए। गत शुक्रबार गोपिनी नेपालीको शव मेलम्ची नगरपालिकास्थित अँधेरी खोलाको भीरमा फेला परेको थियो। 

प्रहरीले शव फेला पारेपछि नेपालीले उक्त शव आफ्नै पत्नीको भएको बताएका थिए। शव पोष्टमार्टम गरेर छोरा उमेश नेपालीलाई जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्नताको आरोपमा तीर्थबहादुर र काका तिलकरामलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.