|

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको आफ्नो तलब परोपकारी संस्थालाई दान गर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पको वार्षिक तलब ४ लाख डलर अर्थात ४ करोड २४ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ।

राष्ट्रपति ट्रम्पले यो वर्षको अन्तिममा आफ्नो तलब दान गर्न उपयुक्त कुनै राम्रो काम गर्ने परोपकारी सामाजिक संस्था खोज्न आदेश दिएको ह्वाईट हाउसका प्रवक्ता शेन स्पाईसरलाई उदृत गर्दै बिबिसीले जनाएको छ। अमेरिकी राष्ट्रपतीय चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो सरकारी सेवा सुबिधा र तलब लिने कुनै चाहना नरहेको बताएका थिए।

कानुनी प्रक्रिया पुरा गर्न लागि न्युनतम एक डलर तलब लिने र कार्यकाल भरी कहिल्यै बिदा नबस्‍ने ट्रम्पको चुनाबी घोषणा थियो। तर चुनावी प्रचारकै बेला एक संस्थाले ट्रम्पले आफ्नो व्यवसायीक जीवननमा कहिल्यै पनि दान नगरेको दाबी गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.