|

  • पेमा लामा 

काभ्रे : जिल्लाका ७ वटा गाउँपालिका र १ वटा नगरपालिकामा कार्यकारी प्रमुखहरु खटिएका छन्। स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाका अनुसार सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकबाट ती कार्यकारी प्रमुखहरुलाई सम्बन्धित नगरपालिका र गाउँ पालिकाहरुमा जिम्मेवारी दिई खटाइएको हो।

जसअनुसार मण्डनदेउपुर नगरपालिकामा विष्णुबहादुर विष्टलाई जिम्मेवारी दिइएको जनाएको छ। विष्ट नासु राजपत्र अनङ्कीत प्रथम श्रेणीका हुन्। तत्कालको लागि सो क्षेत्रका साबिक गाविसका सचिवहरुमध्येबाट वरिष्ठताको आधारमा जिम्मेवारी दिएकाले नासुलाई नै जिम्मा दिएको धमलाले बताए।

त्यस्तै रोशी गाउँपालिकाको कार्यालय प्रमुखमा बासुदेवप्रसाद पौडेल, बेथानचोक गाउँपालिकामा कपिन्द्रप्रसाद न्यौपाने, तेमाल गाउँपालिकामा तोपबहादुर ठकुरी, महाभारत गाउँपालिकामा शम्भुप्रसाद सापकोटा, खानीखोला गाउँपालिकामा चोलकान्त शर्मा, चौरीदेउराली गाउँपालिकामा प्रकाशप्रसाद उपाध्याय र भूम्लु गाउँपालिकामा गोविन्द प्रसाद पुडासैनी रहेका छन्।

धमलाका अनुसार ति कार्यकारी प्रमुखहरुले काम थालिसकेका छन्।'प्रमुखहरुको अफिसियल्ली सोमबारबाट नै कार्यालय सञ्चालन भयो, तर व्यवहारिक रुपमा कार्यालयको बोर्ड, छाप र अन्य कार्यालय प्रयोजनको लागि चाहिने कागजात तयार गरेर गएपछि कार्यालय पूर्ण रुपमा सञ्चालन हुनेछन्,’ स्थानीय विकास अधिकारी धमलाले भने।

जिल्लाको अरु नगरपालिकाको प्रमुखहरुमा भने पुरानै कार्यकारी अधिकृतहरु यथावत रहेको स्थानीय विकास अधिकारी धमलाले बतए । काभ्रे जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाहरु रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.