|

उदयपुर : जिल्लाको रामपुर ठोक्सिला ३ मा मंगलबार भएको आगलागीबाट ५ लाखको क्षति भएको छ। रामपुर ठोक्सिला ३ स्थित कालीखोला बस्ने लोक बहादुर विश्वकर्माको टिनको छानो भएको घरमा आगोलाग्दा क्षति भएको हो। 

अचानक रुपमा आगलागीबाट विश्वकर्माको घर, घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा तथा सम्पुर्ण भाँडावर्तन जलेर नष्ट भएको पीडित विश्वकर्माले थाहाखबरलाई बताएका छन्। 'घरको पछाडीको भागबाट एक्कासी आएको आगलागीले स्वाहा बनायो,' पीडित विश्वकर्माले भने,'आगोले अहिले खुल्ला आकाशमुनीको बास बनायो।'

उक्त आगो प्रहरी, स्थानीयवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गर्मी मौसम सुरु भएसँगै जिल्लामा दुई दर्जन घर आगोले खरानी भएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.