|

काठमाडौं : राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन्।

उनले आफू निर्वाचन सुनिश्चितताकै लागि सरकारमा सामेल भएको जनाएका छन्।

राप्रपा निकट संचारकर्मी आवद्ध संगठन मिडिया नेपालको राजधानीमा भएको वार्षिकोत्वस समारोहमा उपप्रधानमन्त्री थापाले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने बताए। आगामी माघ ७ भित्र तिनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न राप्रपा सत्तामा जानु परेको उनले बताए।

राप्रपाका पूर्वअध्यक्ष पशुपति सम्सेर राणाले मधेसको समस्यालाई समाधान नगरे मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने बताए।

कार्यक्रममा मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले एक वर्षको छोटोसमयमा मुलुकका आधा जिल्लामा आफ्नो संगठन विस्तार गरेको जानकारी गराए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.