|

इलाम : माध्यमिक शिक्षा परीक्षामा यसपटक इलामबाट दुई सय ३ जना परीक्षा लेख्नबाट वञ्चित हुने भएका छन्। समयमा नै विद्यालयमा राजश्व नबुझाएको र ७५ प्रतिशत हाजिर नपुगेका परीक्षार्थीहरु सहभागी हुन नपाउने जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ। 

कार्यालयका अनुसार यसवर्ष नियमित तर्फ ४ हजार ५ सय ६४ जना परीक्षार्थी सामेल हुने भएका छन्। एक्जाम्टेडतर्फ ३ सय १४ र ग्रेड बढाउन चाहने ६ सय ५० जना परीक्षार्थी सामेल हुनेछन्। इलाममा यस वर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन्। 

अघिल्लो वर्ष इलाममा ३३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष ७ वटा परीक्षा केन्द्र कटौती गरिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले जानकारी दिए। परीक्षार्थीमध्ये खुल्लामा भगवती माविबाट ७१ जना, प्राविधिक शिक्षातर्फ ३२ जना र इलाम कारागारबाट ५ जना कैदी परीक्षामा सहभागिता हुने जिल्ला शिक्षा अधिकारी गौतमले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.