|

काठमाडौं  : ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ स्मृति ग्रन्थ –२०७७ पुस्तक विमोचन भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम  बिच पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक विमोचन गरेका हुन् ।

६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण प्रेमीका योगदान उल्लेख छन्। उनी पत्रकारितामा समेत सक्रिय थिए। पुस्तकमा प्रेमीलाई चिन्ने  व्यक्तिहरुको लेख तथा कविताहरू संकलित छन्।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले प्रेम नारायण प्रेमीको योगदानको चर्चा गरे। उनले प्रेमीको योगदानबारे लेखिएका लेखहरूको प्रशंसा गरे। जीवनका सबै पक्षलाई रेकर्ड राख्ने गरी लेखिएको बताए।

प्राध्यापक तथा वरिष्ठ समालोचक राजेन्द्र सुवेदीले पुस्तकले प्रेमनारायण प्रेमीको योगदानका अलावा इतिहासको विषयवस्तु समेत समावेश गरेको बताए। प्रेमीमा केन्द्रित रही फरक लेखकहरुबाट विश्लेषणहरु भएको बताए। कविताहरू पनि पुस्तकमा हुनु सकारात्मक पक्ष रहेको उनको भनाई थियो।

नेकपा नेता पेशल खतिवडाको कार्यक्रममा नेकपाका नेताहरु नानीबाबु बुढाथोकी, बाबुराम गौतम, पत्रकार चेतनाथ धमला, प्रेमीकी छोरी सम्झना प्रेमी लगायतले बोलका थिए।

वि.स १९९७ मंसिर ९ गते बुवा गणेशमान कटवाल र आमा कृष्णकुमारी कटवालको कोखबाट कुडुले ओखलढुंगामा जन्मेका प्रेमीको २०७५ मंसिर ७ गते निधन भएको थियो। उनका चार छोरी र एक छोरा छन्। वास्तविक नाम प्रेमबहादुर कटवाल भएपनि उनी पछि प्रेम नारायण प्रेमीको नामले चिनिएका थिए । 

कटवालले त्रिचन्द्र कलेजबाट २०१३ सालमा आइ एस्सी सम्मको अध्ययन गरेका थिए। उनले सिभिल इन्जिनियर (डिप) र बिएचएम (होमियोप्याथिक) (२०१५–२०२०) मा भारतमा गरेका थिए।

प्रेमनारायण प्रेमीद्वारा रचित रगत पसिना र आँसु नाटकसंग्रह, नओथारिएका चल्लाहरू कविता संग्रह तथा प्रेमीको जीवनयात्रा   बजारमा आइसकेका छन् । आज विमोचन भएको पुस्तकमा १८६ वटा लेख समेटिएका छन् ।

उक्त पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला संगठन कमिटी ओखलढुंगाले प्रेमनारायण प्रेमी स्मृति ग्रन्थ प्रकाशन समितिले प्रकाशन गरेको हो। पुस्तकलाई पेशल खतिवडा, बाबुराम गौतम, नेत्रप्रसाद भट्टराई र केदार सापकोटाले सम्पादन गरेका छन्। कार्यकारी सम्पादकमा चेतनाथ धमला रहेका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.