|

न्युयोर्क : अमेरिकाको न्युयोर्कसहित उत्तर पूर्वका थुप्रै राज्यमा भारी हिमपात भएको छ। बर्गेन काउन्टीमा १३ इन्च तथा न्युयोर्कको अरेन्ज काउन्टीस्थित अरेन्जमा १२ दशमलव ८ इन्चसम्म हिउँ जमेको छ।

मौसमविद्हरुले अझै केही समयसम्म भारी हिमपात हुनसक्ने पूर्वानुमान लगाएका छन्। त्यस्तै भयंकर आँधी समेत आउन सक्ने अनुमान छ। हिमपात, असिनापानी र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। मौसम विभागले मंगलबार साँझ २४ इन्चसम्मको हिमपात हुनसक्ने अनुमान लगाएको छ।

हिमपातका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायतहरु बन्द छन्। हावाहुरीका कारण अमेरिकामा आन्तरिक उडान प्रभावित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.