|

मकवानपुर : विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा ‘मकवानपुरगढी गाउँपालिकाको बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा अभियानमा साइकल र्‍याली आयोजना भएको छ।

रेडियोको १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको पहिलो दिन आज मकवानपुरगढी गाउँपालिकाको सहयोग, हेटौंडा राइडर्स क्लब, सानिमा लाइफ इन्सुरेन्स, वियन्सा सप्लायर्सको सहकार्यमा रेडियो थाहा सञ्‍चार र हेटौंडाको परिसरबाट सुरु भएको साइकल र्‍याली मकवानपुरगढी वडा नम्बर ६, डुम्रेकुनासम्म पुगेर अन्तरक्रिया गरिएको छ।

अन्तरक्रियामा मकवानपुरगढी गाउँपालिकाले सञ्‍चालन गरिरहेको बालमैत्री अभियानका विषयमा छलफल गरिएको छ। विन्दवासिनी मिडियाका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

अन्तरक्रियामा प्रमुख अतिथि पालिका अध्यक्ष हुमागाईंले मुलुकलाई समृद्व बनाउन बालमैत्री स्थानीय शासन पद्धति अवलम्बनबाट सघाउ पुग्ने बताए।

अध्यक्ष हुमागाईंले बालमैत्री गाउँपालिका घोषणाको तयारीमा आफूहरु लागिरहेका बेला रेडियो थाहा सञ्‍चारसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा रेडियोसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्घता व्यक्त गरे। ‘हाम्रो पालिकाले अघि सारेको बालमैत्री अभियानमा रेडियोसँग सहकार्य गर्न पाउँदा खुशी छौँ।’ अध्यक्ष हुमागाईंले भने, ‘यस्ता अन्य सामाजिक अभियान तथा विकासका काममा हामी सहकार्य गरी अघि बढ्न चाहन्छौं।’

हुमागाईंले गाउँपालिकाको विकासको लागि कृषि र पर्यटन विकासका लागि योजनाबमोजिम काम गरिरहेको जानकारी दिए।

रेडियोका सञ्‍चालक तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, कृषि समितिका सभापति अरुणराज सुमार्गीले घरबाटै बालमैत्री कार्य सुरु गरिनुपर्नेमा जोड दिए। उनले बालमैत्री वातावरण निर्माण गर्न बालमनोविज्ञानलाई बुझ्न आवश्यक रहेको बताए।

मकवानपुरगढी गाँउपालिका कृषिको सम्भावना भएको गाउँपालिका रहेको भन्दै कृषि क्षेत्रको विकासको लागि आफूले पनि उद्योग वाणीज्य संघसँग सहकार्य गर्ने प्रतिबद्घता व्यक्त गरे। रेडियो निरन्तर जनताको आवाजलाई निष्पक्ष रूपमा प्रवाह गर्न लागिपरिरहेको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

अन्तरक्रियाकी अध्यक्ष रेडियो थाहा सञ्‍चार सञ्‍चालक संस्था बिन्दावासिनी मिडिया प्रालिकी अध्यक्ष अस्मिता सुमार्गीले अहिलेको आवश्यकता नै बालमैत्री वातावरण रहेको बताउँदै मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणाको तयारी भएकोमा खुशी व्यक्त गरिन्।

‘बालबालिका भनेका भोलिको कर्णधार भएकाले उनीहरूका लागि आवश्यक वातावरणमा हुर्कन दिनुपर्छ’ अध्यक्ष सुमार्गीले भनिन्।

कांग्रेस मकवानपुरको जिल्ला सदस्य अर्जुन दाहालले गाउँपालिकाले अघि सारेको बालमैत्री अभियानमा रेडियो थाहा सञ्चार जोडिएकोमा खुशी व्यक्त गर्दै सञ्‍चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।  मकवानपुरगढी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापाले पालिकाले बालमैत्री अभियानअन्तर्गत अहिलेसम्म पालिका तथा वडास्तरीय समिति निर्माण गरी अभिमुखीकरण प्रदान गरिएको जानकारी दिइन्।

रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले स्वागत मन्तव्य व्यक्त गरेको अन्तरक्रियामा रेडियोका सञ्‍चालका अङ्किता सुमार्गी, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टीकाप्रसाद दाहाल, मकवानपुरगढी गाउँपालिकाका बालमैत्री अभियानका संयोजक रामप्रसाद दहाल, भूमि व्यवस्थासम्बन्धी कार्यक्रम तथा

प्रधानमन्त्री रोजगार कार्यक्रमका स्वयंसेवक कविराज हुमागाईं, पालिकाका कानुनी सहजकर्ता रामशरण लामिछाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डे, वडा प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्णप्रसाद विष्ट, हेटौंडा राईडर्स क्लवका अध्यक्ष विकास ताम्राकार, सानिमा लाइफ इन्सुरेन्स हेटौंडा

शाखाका म्यानेजर अजय फुँयाल, सामाजिक अभियन्ता सोम लामा, स्थानीय जालपादेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङतान, कास्ट कम्पनी मकवानपुरका प्रमुख प्रेम लामा थिङ, सनराइज युथ क्लव मकवानपुरगढी ६ का अध्यक्ष प्रेम स्याङतान, नवदुर्गा टोल विकास संस्था मकवानपुरगढी ६ का अध्यक्ष नकुलप्रसाद चौलागाईं, पत्रकारहरू श्रीराम दाहाल, सुनील शिवाकोटी लगायतको आतिथ्यता थियो।  

फागुन १ गतेबाट सुरु भएको साताव्यापी कार्यक्रम फागुन ७ गते समापन हुनेछ। साताव्यापी कार्यक्रमको दोस्रो दिन भोलि फागुन २ गते रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया कार्यक्रम, फागुन ३ गते हेटौंडाको बुद्धचोकमा विहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म रक्तदान, फागुन ४  गते मनहरी गाउँपालिका –४ मसिने गोलघरमा व्यावसायिक माछापालनको प्रबद्घ्र्रनमा गाउँपालिकाको भ्रूमिका विषयक अन्तरक्रिया, फागुन ५ गते सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, फागुन ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए।

बार्षिकोत्सव समापन समारोह एवम् थाहासम्मान फागुन ७ गते प्रदान गरिने म्यानेजर गौतमले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.