|

कपिलवस्तु : माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा कपिलवस्तुका ७० सामुदायिक, ३६ संस्थागत र एक खुला विद्यालयका नियमित  र एक्जाम्टेड र ग्रेड वृद्धि गरी सात हजार एक सय ५६ परीक्षार्थी सामेल हँदैछन्। निमियततर्फ छ हजार दुई सय २३, एक्जाटेड दुई सय ३३ र ग्रेड वृद्धिमा ६ सय ९० विद्यार्थीले पहिलो पटक माध्यमिक शिक्षा परीक्षा दिन लागेका हुन्।

परीक्षाका लागि २६ केन्द्राध्यक्ष, ४० बढी सहायक केन्द्राध्यक्ष, तीन सयभन्दा बढी निरीक्षक र डेढ सयभन्दा बढी कार्यालय सहयोगी खटाइने माध्यमिक शिक्षा परिक्षा समन्वय समितिका सचिव तथा निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर ज्ञवालीले जानकारी दिए। समितिले केन्द्राध्यक्षका लागि २६ बुँदे निर्देशन जारी गरेको छ। 

कपिलवस्तुबाट यो वर्ष ४ सय १७ विद्यार्थी एसईई परीक्षा दिनबाट वञ्चित हुने भएका छन्। शिक्षा नियमावली अनुसार परीक्षा शुल्क र विद्यालयमा नियमित अनुपस्थित भएपछि ती विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन्। अभिभावक र विद्यार्थीको  लापरवाहीले उनीहरू परीक्षाबाट वञ्चित भएको शिक्षा कार्यालयले बताएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.