|

'कू' गरेको बर्मेली सेनाले विपक्षी प्रदर्शनकारीलाई दबाउन सडकभर बख्तरबन्द गाडी तैनाथ गरेको छ। देशभर इन्टरनेट सेवा बन्द गरिएको छ भने जताततै सेना परिचालन गरिएको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। 

बर्माको सेनाले फेब्रुअरी १ का दिन सैनिक 'कू' गरेको थियो। लगत्तै, सैनिक शासनको विरोध गर्दै देशभर प्रदर्शन हुन थालेको थियो। 

सडकमा भारी संख्यामा सैनिक र बख्तरबन्द गाडी परिचालन गर्नु तथा देशैभर इन्टरनेट काट्नुका पछाडि त्यहाँ भइरहेको विरोध प्रदर्शनलाई सेनाले बर्बरतापूर्वक दबाउन खोजेको प्रारम्भिक संकेत मिलेको छ। 

देशको उत्तरी भागस्थित काचिनमा सैनिक तख्तापलटको विरोधमा ९ दिनदेखि लगातार प्रदर्शन भइरहेको छ। त्यहाँ सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको खबरहरू आएको छ।

काचिनबाट पाँच जना पत्रकारलाई पनि सेनाले गिरफ्तार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.