|

चौतारा : जिल्लाबाट यस वर्ष विभिन्न स्थानमा गरी २३ वटा परीक्षा केन्द्रबाट माध्यमिक तहको परीक्षा हुने भएको छ।

नियमिततर्फ ४ हजार ६ सय १७, इक्जाम्टेडतर्फ २ सय ६ र ग्रेड वृद्धितर्फ १ सय ४६ गरी कुल ४ हजार ९ सय ६९ जनाले एसइए  (माध्यमिक) परीक्षा दिने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले जानकारी दिए।

परीक्षा सञ्चालनका लागि २३ केन्द्राध्यक्ष २५ सहायक केन्द्राध्यक्ष, २ सय ९ निरीक्षक १ सय ११ सहयोगी र प्रतिकेन्द्र १० जनाको दरले सुरक्षाकर्मी ३ सय ४५ तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

कहाँ–कहाँ तोकिए परीक्षा केन्द्र

झिर्पु मावि फुल्पिङकट्टी, प्राइभेट प्याराडाइज मावि बाह्रबिसे, शारदा मावि बाह्रबिसे,     सेतीदेवी शारदा मावि लामोसाघु, बालशिक्षा मावि खाँडीचौर, महेन्द्रोदय मावि थुम्पाखर, बाघभैरव मावि ठोकर्पा,ककलिङ् हरिसिद्धि मावि ठूलोपाखर, महेन्द्रकान्ति मावि कालिका, रत्नराज्य मावि चनौटे, आनन्द मावि जलवीरे तोकिएको छ।

यस्तै, ज्ञानमन्दिर नमुना  मावि मेलचौर, जनजागृती मावि साँगाचोक, रामदेवी मावि साँगाचोक, राजेश्वरी मावि सिपापोखरे, चण्डेश्वरी मावि भोटशिपा, ऐंसेलुखर्क मावि बाडेगाउँ, कृष्णरत्नगंगा मावि चौतारा,

सरस्वती मावि भोटेचौर जाल्पादेवी मावि बाहुनेपाटी इन्द्रेश्वरी मावि मेलम्ची, सरस्वती मावि ग्याल्थुम, थाङ्पालधाम मावि थाङ्पालधाप तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।     

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.