|
Photo : Goal.com

काठमाडौं : लेस्टर सिटी युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आफ्नो डेब्यू सिजनमै क्वार्टर फाइनलमा पुगेको छ। यसक्रममा उसले स्पेनिस टोली सेभियालाई समग्रमा ३-२ ले पछि पार्‍यो। पहिलो लेग २-१ ले गुमाएको लेस्टरले घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० को नतिजा निकाल्यो।

लेस्टरको जितमा कप्तान वेस मोर्गन र मार्क अल्ब्रिङ्टनले १-१ गोल गरे। ७४औं मिनेटमा सामिर नास्री दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएको ६ मिनेटपछि पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेभिया निरास बन्यो।

गत सिजन सबैलाई चकित पार्दै प्रिमियर लिग जितेको लेस्टर यसपटक प्रिमियर लिगमा रेलिगेशनबाट जोगिन संघर्षरत छ। तर, च्याम्पियन्स लिगमा भने उसले चामत्कारिक नतिजा निकाल्दै आएको छ। 

यससँगै लेस्टर शीर्ष आठमा बार्सिलोना, रियल मड्रिड, बार्यन म्युनिख, बोरुसिया डर्टमुण्ड र युभेन्टससँगै छनोट भएको छ। युभेन्टसले पोर्टोलाई निरास बनाउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो। पहिलो लेग २-० ले जितेको युभेन्टसले गएराति सम्पन्न दोस्रो लेगमा १-० को नतिजा निकाल्यो। उसको जितमा पाउलो ड्याबेलाले पेनाल्टीमार्फत गोल गरे।

क्वार्टर फाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो बुधबार राति लाग्नेछ। यसक्रममा म्यान्चेस्टर सिटी र मोनाको तथा एथ्लेटिको मड्रिड र बायर लेभरकुजन आमनेसामने हुँदैछन्। एग्रिगेटमा सिटी ५-३ र एथ्लेटिको ४-२ ले अघि छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.