|

डडेल्धुराः डडेल्धुरामा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ।

परीक्षा सञ्चालनका लागि १२ वटा केन्द्र निर्धारण गरी केन्द्राध्यक्षसमेत तोकिसकिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ।

परीक्षाका लागि आवश्यक पर्ने सबै सामग्रीसमेत केन्द्रका लागि पठाइसकिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी दिएका छन्।

परीक्षा मर्यादित वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वयसमेत भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

३ चैत अर्थात् भोलिदेखि सुरु हुने एसएलसीको नामले परिचित एसइई परीक्षामा यस वर्ष जिल्लाबाट ३ हजार बढी परीक्षार्थी सहभागी हुँदै छन्।

नियमिततर्फ २ हजार ५ सय ६१ जना, प्राविधिकतर्फ ९१ जना, ग्रेड वृद्धितर्फ ५ सय ४५ र इक्जाम्टेडतर्फ ८३  गरी परीक्षामा ३ हजार २ सय ८० जनाले सहभागिता जनाउने विद्यालय निरीक्षक नारदप्रसाद जोशीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.