|

गुल्मी : एक व्यक्तिले चौरासी पुजाको दान विद्यालयलाई हस्तान्तरण गरेका छन्। नयाँगाउँ गाविस वडा नं. १ अरौदी निवासी स्वर्गीय मनिराम पोख्रेलका माइला छोरा हिमनाथ पोख्रेल र उनकी श्रीमती बिष्णुकुमारी पोख्रेलले आफनो चौरासी पुजाको रकम स्थानीय विद्यालयलाई हस्तान्‍तरण गरेका छन्।

पोख्रेल दम्पत्तीले तुलदानबाट जम्मा भएको रकम नयाँ गाउँ मावि विद्यालयलाई एक कार्यक्रमको आयोजना गरि प्रदान गरेका छन्। जिल्लाको नयाँ गाउँस्थित उक्त विद्यालयको अक्षयकोष वृद्धिका लागी उनले पुजाको दान हस्तान्‍तरण गरेका हुन्।

तुलदानबाट ५५ केजी र ५० केजी सिक्का पैसा विद्यालयका प्राचार्य यज्ञप्रसाद गौतमलाई एक समारोहबीच उनका छोरा प्रकाश पोख्रेलले हस्तातरन्‍ण गरे। उक्त रकम विद्यालयमा रहेको अक्षयकोषमा थप गरि गरिब जेहेन्दार विद्यार्थीहरुको पढाईमा खर्चने विद्यालयले जनाएको छ।

पोख्रेल दम्पत्तीका पाँचभाई छोरा र चार छोरी छन् । यसअघि नयाँगाउँमा एम्बुलेन्स सञ्चालनमा ल्याउनको लागी उनका छोरा प्रकाशले महत्वपूर्ण भुमिका निभाएका थिए। पोख्रेल परिवार लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.