|

काठमाडौं : प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले दरबार मार्गमा सांस्कृतिक महोत्सव गर्ने भएको छ। फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्सव सुरु गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए।

‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबार मार्गमा सांस्कृतिक महोत्सव गर्न लागेका हौँ,’ ज्ञवालीले भने, ‘पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ। त्यसपछि पप गायक सविन राई आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपुत र प्रीति आले, लोक गायक अन्जु पौडेलले आ–आफ्नो प्रस्तुति देखाउने तयारी गरेका छौँ।’

ज्ञवालीले युवा पुस्तालाई लक्षित गरी काठमाडौँका विभिन्न चार स्थानमा यस्तै कार्यक्रमसहित नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्य लिएको पनि जानकारी दिए।

दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौँ महानगरपालिकाका प्रमखु विद्या सुन्दर शाक्यलगायतको उपस्थिति रहने पनि उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.