|

दाङ : सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा उजुरी दिन एक महिनाको समय थप गरेपछि दाङमा दुई जनाले उजुरी दिएका छन्। द्वन्द्वको समयमा प्रभावित भएका तुलसीपुर उपमहानगरपालिका- १४ का पद्मरत्न वली र घोराही उपमहानगरपालिका- १२ का मुल्ला मियाँ सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएको भनी उनीहरूका परिवारले स्थानीय शान्ति समितिमा उजुरी दिएको कार्यालय सचिव हेमराज अधिकारीले जानकारी दिए।

आयोगले गएको फागुन १७ गतेदेखि चैत १५ गतेसम्म बेपत्ता पारिएका व्यक्तिहरू कोही छुटेको भए उजुरी दिन भन्दै सूचना दिएको थियो। सशस्त्र द्वन्द्वका क्रममा दाङमा १ सय १३ बेपत्ताका परिवारले राहतका लागि निवेदन दिएको स्थानीय शान्ति समितिले जानकारी दिएको छ। आयोग गठन भएसँगै उजुरी गर्न सूचना गरेपछि दाङमा १ सय २९ जनाले उजुरी दर्ता गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.