|

नवलपरासी : पश्चिम नवलपरासीको सुनवलऔ११ मिश्रौलीका तमबहादुर न्यौपाने उमेरले ६३ वर्षका भए।

यो उमेरसम्म उनले दु:खकै भारी बोकिरहेका हुन्‌। तर, यो पटक त बज्रपात नै परेको छ। 

साथ दिने जीवनसंगिनी रोमा न्यौपाने माघ ८ गतेदेखि बोल्न र चल्नै छाडेकी छिन्‌। धुकधुकी चलिरहेको छ। परिवार पाल्नसमेत धौ खेपिरहका तमबहादुर श्रीमतीको उपचार गराउनसक्ने हालतमै छैनन्‌।

​४ छोरा र एक छोरीकी आमा रोमा नै थलिएपछि यो परिवार अहिले बिचल्लीमा परेको छ। जग्गाजमिन त परै जावस्‌, तमबहादुरको ​नागरिकता मात्र बनेको छ भने उनकी श्रीमतीको नागरिकता नै बनेको छैन। न बासको टुङ्गो छ, न गाँसको। सम्पत्तिको नाममा एक धुर जमिन र ओत लाग्ने घरसमेत छैन। 

सानैदेखि भारतको आसाममा रहेका तमबहादुरको परिवार २०७० सालमा मिश्रौलीमा आएको हो। नेपाल आएयता उनीहरू अर्कैको खेती किसानी र गाउँघरमा पूजाआजा हुँदा भाँडा माझ्ने लगायत सफाइका काम गर्दै आएका छन्‌। तर घर सम्हाल्ने, छोराछोरीको रेखदेख गर्ने र सँगै पसिना बगाउने श्रीमती नै  थला परेपछि यो परिवार अब भोको पेट लिएर अनेकन पीडा सहनुपर्ने स्थितिमा पुगेको छ।

आमा बिरामी भएर लडिरहँदा छोराछोरी निकै दु:खी छन्। कोही घरमा भेट्न गए गहभरी आँसु झार्दै आमाका लागि सहयोग गर्दिन सहयोगको याचना गर्ने गर्दछन्। माइला छोरा कुमार न्यौपानेले आमाको उपचारका लागि देश विदेशमा हसने सबैले सहयोग गरिदिन आग्रह गरेका छन्‌। एकतातर्फ आमा बिरामी, अर्कोतर्फ विद्यालयमा शुल्क पनि तिर्न नसकेको उनी बताउँछन्। श्रीमतीको त्यो अवस्था, अर्कोतर्फ छोराछोरीको दुरावस्था हुँदा तमबहादुर पीडा खप्न त खोज्छन्‌, तर आँखाबाट आँशुको भेल बगिहाल्छ।​

स्थानीयबासीले यो बीचमा तमबहादुरको परिवारलाई सहयोग गरेकै हुन्‌। तर, त्यसरी गरिएको सहयोगले सो परिवारको समस्या हल गर्न नसकिएको स्थानीय गोपालप्रसाद भण्डारीले बताए। रोमाको उपचारका लागि धेरै रकम लाग्ने भएकालेले सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको उनी बताउँछन्‌। स्थानीय सरकारको तर्फबाट पनि केही सहयोग भए र आयोगलाई जग्गाको सिफारिस गरेर एक टुक्रो जमीन उपलब्ध गराइदिए तमबहादुरको परिवारका लागि उद्धार हुने भण्डारीको भनाई छ।

मिश्रौलीमै रहेको जनकल्याण युवा क्लबले पनि आर्थिक संकलनका लागि सहयोग गर्ने र देश विदेशमा रहेका सहयोगीहरूलाई सहयोगका लागि अपिल गर्ने कोषाध्यक्ष जीवन रेग्मीले बताए।

सहयोग गर्न चाहनेले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक भुमही शाखामा तम बहादुर न्यौपानेको नाममा रहेको खाता नम्बर ००६००७००३८६१४७०००००१ मा सहायता रकम जम्मा गर्न सक्ने र फोन गरेर अवस्था बुझ्न चाहनेहरूले पनि ९७४२३३३२९६ मा सम्पर्क गर्न सक्नेछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.