|

  • विदुर कटुवाल-

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखामा पर्याप्त कर्मचारी नहुँदा सेवाग्रहीले सास्ती भोग्नुपरेको छ। बैंकमा हुने सामान्य कामदेखि कर्जालगायतका काममा समेत सास्ती भोग्नुपरेको सेवाग्राहीहरूको गुनासो छ।

‘बैंकमा पर्याप्त कर्मचारी नहुँदा सेवाग्रहीले घण्टौँसम्म लाइन बस्नुपरेको छ’, सेवाग्राही दीपक लामिछानेले भने। बैंकमा शाखा प्रमुखसमेत जम्मा ५ जना कर्मचारी भएको शाखा प्रमुख उमापति बाँस्तोला बताउँछन्। थाहाखबरसँगको कुराकानीमा बुधबार लामिछानेले भने, ‘कहिले दुई जनाको भरमा बैंक सञ्चालन हुन्छ भने कहिले तीन जना भन्दा बढी कर्मचारी कार्यलयमा बस्दैनन्।’ चेक साट्न बैंकमा आउनुपर्यो भने घरको सबै काम छोडेर आउनुपर्ने बाध्यता छ सेवाग्राहीको।

बैंकको कामको लागि लाइन बसेका कुमार पोखरेलले भने, ‘दुई महिनादेखि कर्जाको लागी कागजात तयार बनाउँदा पनि शाखा प्रमुख बाँस्तोला नभेटिएर काम रोकिएको छ।’ सेवा छिटो र छरितो हुनुपर्यो भन्दा निमित्त शाखा प्रमुख महेन्द्र दासले बैंकमा पर्याप्त कर्मचारी नहुँदा समस्या आएको बताउँदै आएको स्थानीय मणिराज दाहालले बताए। ‘सेवाग्रहीको सेवा बैंकले छिटो र छरितो बनाउनुप¥यो,’ दाहालले भने, ‘शाखा प्रमुख बाँस्तोलालाई कार्यालयमै भेट्न मुस्किल छ, कसलाई भन्ने?’ यता पहुँचवाला व्यक्तिहरू भने बैंकको कार्यालयभित्रै छिरेर आफ्नो काम गराउँदै आएका सेवाग्राही बताउँछन् ।

विकास निर्माणदेखि विभिन्न सरकारी आर्थिक कारोबारसँग सम्बन्ध राख्ने राष्ट्रिय बाणिज्य बैंकबाट सेवाग्रही पीडित बनेको सरोकारवालाको भनाइ छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.