|

  • बिदुर कटुवाल

उदयपुर : माध्यमिक शिक्षा परीक्षामा उदयपुरबाट ३ जना दृष्टीविहिनसहित जम्मा ६ हजार विद्यार्थी सहभागी हुने भएका छन्। जिल्ला शिक्षा कार्यालय उदयपुरले तोकेको २४ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिनेछन्।

शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख लेखनाथ लुईटेलका अनुसार नियमित (रेगुल्लर) तर्फ जम्मा ४ हजार २ सय २५ विद्यार्थी छन्। जसमा छात्रा २ हजार १ सय २२ जना छन् भने छात्र २ हजार १ सय ३ जना छन्।

यसैगरी एक्जाम्टेडतर्फ जम्मा ३ सय ९४ जना विद्यार्थी रहेका छन्। जसमा छात्र ६२ जना र छात्रा ३ सय ३२ जना छन्। ‘गएको वर्षको तुलनामा यस वर्ष उदयपुरमा विद्यार्थीको संख्या घटेको छ,’ लुइटेलले भने, ‘विद्यार्थीकै संख्या घटेकाले परीक्षा केन्द्र पनि यस वर्षदेखि घटाइएको छ।’

यस वर्ष उदयपुरबाट ३ जना दृष्टीविहीन विद्यार्थी पनि माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने भएका छन्। कालिका मावि सिरवानी बेल्टारमा अध्यनरत विद्यार्थीले मावि शिवाईबाट परीक्षा दिने भएको विनि दाहालले बताए। ‘३ जनाको लागि परीक्षा दिने विद्यार्थीको लागि सहयोगीको समेतको व्यवस्था गरिएको छ। जसमा १ जना छात्र र २ जना छात्रा रहेका छन्,' उनले भने।

उदयपुरमा कहाँ-कहाँ छन् परीक्षा केन्द्र ?

यस वर्ष जिल्ला शिक्षा कार्यालयले २४ वटा मात्र परीक्षा केन्द्र तोकेको छ। जसमा कोशी जनता मावि रामपुर, जनता मावि गुरुङचौरी रामपुर, जनता बेलका मावि पुरनदह, नारद आर्दश मावि बर्खेडाँडाँ बसाहा, ज्योती मावि बेल्टार, थानपोखरी ज्यामिरे झोरा, मावि शिवाई रहेका छन्।

यसैगरी कार्यालयले दिएको जनाकारी अनुसार जनता मावि हडिया, लक्ष्मीपुरा मावि पोर्ताहा, बाल मन्दिर मावि बोक्से, त्रियुगा मावि गाईघाट, सत्यदेवी मावि भुल्के त्रियुगा, रामजानकी मावि मोतिगडा, राष्ट्रिय उच्च मावि बगाहा, जनता मावि सिरिपुर, जनता मावि देउरी, जनज्योती मावि चुहाडे, मावि भलायडाँडाँ, महेन्द्र रत्न मावि रुपाटार, त्रिवेणी मावि कटारी, जनता मावि गुराँसे, मावि कल्याणपुर, जनप्रेमी मावि रिस्कु लगायत छन्।

परीक्षाको सम्पुर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। प्रत्येक परीक्षा केन्द्रमा आवश्यक्ता अनुसार महिला प्रहरीसहित विद्यर्थीको अनुपात अनुसार प्रहरी परिचालन गरिने तथा परीक्षा केन्द्रलाई लक्ष्यित गरी नेपाल प्रहरीको छुट्टै गाडी मोबाइल, पैदल गस्ती र रिजर्भ टोली खटिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.