|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्व-मन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका छन्। दुई महिनाअघि प्रधानमन्त्री ओली पक्षबाट प्रचण्ड–माधव पक्षतर्फ लागेका  नेता तामाङ ओली पक्षमै फर्किएका हुन्। 

उनीसँग उनको श्रीमती तथा प्रदेशसभा सदस्य उषाकला राई पनि ओली पक्षमै फर्किएकी छन्। ओली पक्षमै रहेका उनको दम्पती दुई महिनाअघि मात्रै ओली पक्षसँग असन्तुष्टि जनाउँदै प्रचण्ड–माधव पक्षमा गएका थिए। 

उनले प्रचण्डलाई नेता मान्न नसकेको कारणले ओली पक्षमा फर्किएको थाहाखबरलाई बताए। ‘माओवादीको दृष्टिकोणअनुसार चल्न सकिएन। त्यसैले ओली पक्षमै फर्कने निर्णय गरेँ’ उनले भने। कुनै पदको प्रलोभनमा परेर ओली पक्षमा नभएको समेत प्रष्ट्याए।  

तर, उनी आफ्नो अडानमा दुई महिना पनि टिक्न सकेनन्। नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन्। यस्तै, उनको श्रीमती प्रदेश १ को प्रदेशसभा सांसद हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.