|

भारतको महाराष्ट्र फेरि कोरोना महामारीको चपेटामा फसेको छ। 

केही दिनयता मुम्बई, पूणे र विदर्भमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको हो। अहिले ग्रामिण क्षेत्रमा संक्रमण फैलिएपछि सरकारी अधिकारीहरू चिन्तित भएका छन्। 

प्रदेशका उपमूख्यमन्त्री अजीत पवारले अमरावती, अकोला र यवतमालमा संक्रमण रोक्न लकडाउन गर्नेबारे अभ्यास भइरहेको बताएका छन्। वाशिम र वर्धा जिल्लामा कर्फ्यू नै लगाइएको छ।

फेब्रुअरी १२ यता महाराष्ट्रमा ४ हजार ८९१ जना नयाँ संक्रमित फेला परेका छन्।

कन्ट्याक्ट ट्रेसिङमा सरकारले गरिरहेको कमजोरी, धूमधामसाथ भइरहेको विवाह लगायत समारोहहरू, ग्राम पञ्चायतको चुनाव, मास्क लगाउन भइरहेको लापरवाही, महामारीप्रति हेल्चेक्य्राइँ र कोरोना भाइरस नै सकिएको भनी हल्ला फैलिएका कारण स्वास्थ्य सावधानी नअपनाउँदा मानिसहरू पुनः महामारीको चपेटामा परेको बीबीसी हिन्दीमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.