|

पन्जाबमा किसानका दुई सन्तानले आत्महत्या गरेका छन्। दुवै किसानका छोराले आत्महत्या गर्नुमा पन्जाब र केन्द्रीय सरकार जिम्मेवार रहेको सुसाइड नोटमा लेखिएको छ।

होशियारपुरका दसूहा गाउँका ७०  वर्षीय जगतार सिंह र ४५ वर्षीय किसानका छोराले विष सेवन गरी आत्महत्या गरेका थिए। उनीहरूमा धेरै ऋण रहेको बताइएको छ।

सुसाइड नोट फेला परेपछि पन्जाब सरकारले ऋण मिनाहा गर्ने भनेपनि ऋण मिनाहा नभएको उल्लेख गरिएको छ। उनीहरू ऋणबाट पनि आक्रान्त बनेका थिए। उनीहरूले केही समय अघिदेखि मोदी सरकारले ल्याएको कृषि विधेयकको विरोध गरिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.