|

जनकपुर : बुधबार जिल्लाको गिद्धा-कोयलपुर सडक खण्डमा पर्ने केउटानी गाउँमा तीव्र गतिमा रहेको ज १ त ३६२२ नम्बरको ट्र्याक्टरले ओभरटेक गर्न खोज्दा स्थानीय तीन बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा कोयलपुर- ९ का सौखीलाल साफीकी तीन वर्षे छोरी सविता साफी, श्यामकुमार साफीकी ५ वर्षे छोरी सुजिता साफी र फेकुवा साफीकी ५ वर्षे छोरी प्रिया साफी रहेको प्रहरी चौकी यदुकोहाले जनाएको छ।

स्थानीयवासीका अनुसार गिद्धाबाट कोयलपुरतर्फ तीव्र गतिमा गइरहेको सो ट्र्याक्टरले एउटा अर्को ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बाटोमा दिसा-पिसाब गरिरहेका बालिकाहरूलाई किचेको थियो। ट्र्याक्टर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी चौकी यदुकोहाका इन्चार्ज पवनकुमार झाले जानकारी दिएका छन्।

ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मृतक बालिकाहरूलाई पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.