|

काठमाडौं : अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेका छन्।

उनलाई खोप लगाएको दृष्य टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। आम नागरिकलाई खोप प्रति विश्वस्त बनाउन प्रधानमन्त्री मोरिसनले लगाएको खोप प्रत्यक्ष प्रसारण गरिएको हो।  अस्ट्रेलियमा भोलि सोमबारदेखि फाइजर एण्ड बायोएनटेकको खोप दिएर खोप कार्यक्रम सुरु गरिने छ। 

भोलिबाट एक हप्ताभित्र ६० हजार खोप दिने तयारी गरिएको छ। खोप कार्यक्रमको विरोधमा हिजो केही मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। प्रधानमन्त्री मोरिसन खोपको पक्षमा उभिएका स्वास्थ्यकर्मी तथा अभियान्ताहरुसँग एक कार्यक्रममा सहभागी भएका थिए। 

त्यहाँ प्रधानमन्त्री मोरिसनसहित अस्ट्रेलियाकी प्रमुख नर्सिङ अधिकारी अलिसन म्याकमिलान र प्रमुख मेडिकल अधिकृत पउल केलीलाई पनि खोप लगाइएको थियो। कार्यक्रममा प्रधानमन्त्री मोरिसनले भोलिदेखि सुरु हुने खोप कार्यक्रममा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कोरोना भाइरसको मुख्य चपेटामा आउन सक्ने क्षेत्रका कामदारलाई पहिलो चरणमा खोप लगाइने बताए।  प्रधानमन्त्रीलाई भन्दा पहिले ८५ वर्षीया जेन मालिसिकलाई खोप दिइएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.