|
फाइल फोटो : उमा सिंह

  • गोविन्द महतो

जनकपुर : पत्रकार उमा सिंह हत्याकाण्डमा जिल्ला अदालत धनुषाले गरेको निर्णयलाई उच्च अदालत जनकपुरले सदर गरेको छ। हत्याकाण्डमा दोषि ठहर गरिएकामध्ये स्वामी भनिने उमेश यादवले जिल्ला अदालत धनुषाको आदेश विरुद्ध (तत्कालिन पुनरावेदन अदालत) उच्च अदालतमा आफु निर्दोष रहेको सफाइका लागि निवेदन दिएका थिए। उच्च अदालत जनकपुरले आज जिल्ला अदालत धनुषाको निर्णयलाई सदर गरेको हो।

उच्च अदालतका न्यायधिश नारायण प्रसाद पोखरेल र चन्द्रबहादुर साहुको संयुक्त ईजलासले उमाको हत्या काण्डमा जिल्ला अदालतको निर्णयलाई सदर गरेको छ। २०६५ पौष २७ गते उमा सिंहको हत्या भएको थियो।

२०६५ पुस २७ मा जनकपुर–१४ स्थित गोविन्द कार्कीको घरमा डेरा लिई बस्दै आएको अवस्थामा राति ७ : १५ बजेको समयमा करिब ७\८ जनाको समुहमा आएका नकाबधारीहरुले खाना बनाउदै गरेकी उमा सिंहलाई घिसार्दै वारदलीमा लगी यत्र तत्र खुकुरी प्रहार गरी उमालाई घाइते बनाएका थिए। त्यसपछि  उपचारका लागि काठमाडौं लैजादैं गर्दा उनको निधन  भएको थियो।

के थियो जिल्ला अदालतको ठहर ?

धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ। न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले यादवलाई जन्मकैदको सजाय सुनाएको थियो।

यादवले उमाकी भाउजु ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएको जिल्ला अदालतको ठहर छ। २६ जेष्ठ २०६८ मा धनुषा जिल्ला अदालतले उमा सिंहकी भाउजु ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो।  ती दुबै जना अहिले जलेश्वर कारागारमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.