|

बझाङ : बलात्कारमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ परेकी छन्।

घटनामा संलग्न भई २०७६ फागुन १९ देखि फरार केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार केदारस्युँकै सिराड भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

धामीले बलात्कारमा सघाएको भन्ने अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो। पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ परेकी धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको र सोही मुद्दामा फरार रहेका अर्का आरोपित दीपक बहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.