|

काठमाडौं  : नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ।

यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए। तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन्। ‘सैनिक विमान किङ एयर–३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो,’ उनले भनेका छन्।

सिरिकाले इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको जनाए। दुर्घटनास्थल राजधानी अबुजाबाट १ सय १० किलोमिटर टाढा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.