|

काठमाडौं : सल्यानबाट विक्री गर्न ल्याएको दुई थान चितुवाको छालासहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका–३ का ३१ वर्षीय जीतबहादुर डिसी कुमाख गाउँपालिका–७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली छन्।

उनीहरुलाई चितुवाको छालासहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आइतबार साँझ बाँके राप्तीसोनारी गाँउपालिका –१ कुसुमबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।

जीतबहादुर बन्यजन्तुका छाला र अंग खरिद विक्री कारोबारी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद छाला जीतबहादुरले दुई वर्ष पहिले आफैले पासो थापेर मारेको चितुवाको रहेको प्रहरीले जनाएको छ। 

डिडीले चितुवाको छालाको फोटो खिचेर मोवाइलमा राखेको दिपक रावतले देखेपछि उनैको सल्लाहमा छाला विक्री गर्न नेपालगंज ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ। उक्त छाला नेपालगंजमा ४० लाखदेखि ६० लाख सम्ममा विक्री गर्ने योजना रहेको खुलेको प्रहरीले जनाएको छ। 

यसबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको एक लाखदेखि २५ लाख सम्म जरिवाना र एक वर्षदेखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.