प्रधानमन्त्रीद्वारा अवलोकन

|

काठमाडौं : नागढुंगा-नौबीसे सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ। यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरेका छन्।

नागढुंगा दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीनस्थल पुगेर आइतबार अवलोकन गरेका हुन्।

सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो। तर सुरुङ खन्ने काम भने गत पुसदेखि सुरु भएको थियो ।

आयोजनाका कन्सल्टेन्सी को-अर्डिनेटर रमेशप्रसाद कोइरालाका अनुसार अबको १३ महिनाभित्र सुरुङको ब्रेक थ्रू हुनेछ। ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय तोकिएको भए पनि अहिलेसम्म १५ महिना समय बितिसकेको र अब २७ महिना बाँकी रहेको छ।

दहचोकदेखि सिस्ने खोलासम्म निर्माण हुन लागेको यस सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर र चौडाइ ९ दशमलव ५ मिटरको हुनेछ। अहिलेकै गतिअनुसार कामले निरन्तरता पाइरहेमा तोकिएकै समयमा सुरुङ निर्माण सम्पन्न हुने बताइएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.