|

अम्बाथान : पहिलोपटक सुरुङमा पानी हालेको १० दिनमा नै पहिलो परीक्षण असफल भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि दोस्रो परीक्षण सुरु गरिएको छ।

सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनाको मुहान सिन्धुपाल्चोकको अम्बाथानमा रहेको स्विच थिचेर मर्मत सम्पन्न भएको सुरुङको परीक्षण शुभारम्भ गरेका हुन्।

यो सुरुङको सफलताले मुलुक नै सुरुङ युगमा प्रवेश गरेको मन्त्री थापाले बताए। मेलम्चीको यो सफलता एउटा आयोजनाको मात्रै सफलता नभई सिंगो मुलुकका लागि विकासमा नयाँ प्रबिधिको सफलताको पहिलो उदाहरण भएको मन्त्री थापाको भनाइ छ।



अहिलेको परीक्षणको क्रममा कुनै समस्या नदेखिएमा मेलम्चीको पानी आगामी १६ दिनभित्र काठमाडौंको सुन्दरीजल पुग्नेछ। पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै पानी जमाएर कुनै त्रुटि नभएको निश्चित गरिनेछ।

मेलम्चीलाई सहज रुपमा अघि बढाउन स्थानीयका सबै जायज मागहरुलाइ पूरा गर्ने विषयमा पनि छलफल भइरहेको सोही कार्यक्रममा पुगेका युवा तथा खेलकुद मन्त्री दावा तामाङले बताए। उनले सिएमसीपिडित भेन्डरहरु र स्थानीयको समस्या समाधान गर्न सरकारको तर्फबाट आफूले पहल गर्नेसमेत बताए।

अस्थायी रुपमा काठमाडौं पानी पुग्न २ महिना लाग्ने र हाल २ सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको आयोजनाका प्राबिधिकहरुले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.