|

संखुवासभा : ध्वनी प्रदुषण रोक्न ट्राफिक प्रहरीले सोमबारदेखि प्रदेश १ का सबै १४ जिल्लामा प्रसेर हर्न बजाउन रोक लगाएको छ। ट्राफिक प्रहरीले ध्वनी प्रदुषण रोक्न सोमबारदेखि संखुवासभासहित प्रदेशका सबै १४ जिल्लामा हर्न बजाउन पूर्णरुपमा रोक लगाएको हो।

हर्न निषेधित गर्र्न सदरमुकाम खाँदबारीमा एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै प्रेसर हर्न नबजाउन आग्रह गरेको हो। ट्राफिक प्रहरीले यात्रु बस तथा मालबाहक ट्रक लगायतका सवारीका साधन रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको पहलमा सोमबारबाट प्रदेशभर एकसाथ अभियान थालिएको छ।

ट्राफिक प्रहरी कार्यालय संखुवासभाले पनि राजमार्गमा सवारी साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रहसहित चालक लक्षित कार्यक्रम संचालन गरेको इन्चार्ज मान बहादुर खत्रीले जानकारी दिए। ठूला सवारी तथा मालबाहक साधनमा प्रेसर हर्न राखेर ध्वानी प्रदुषण भइरहेकोले प्रेसर हर्न हटाउन र हर्न नबजाउन ट्राफिकले अनुरोध गरेको छ। अनावश्यक हर्न बजाउँदा ध्वनी प्रदुषण हुने भन्दै प्रहरीले हर्न निषेध अभियान सुरु गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.