'न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ'

|

चितवन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन्। 

प्रेस संगठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरूले मान्ने स्पष्ट गरे। 

'न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ ?' उनले भने, 'न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ?'  

शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरूले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए। 

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिएपनि सङ्कट आएका कारण दिगो हुन नसकेको उनले बताए। 

'राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो,' उनले प्रतिप्रश्न गरे, 'ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ?'

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे। यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाई थियो। 'यो निर्वाचन ताजा जनादेशका लागि हो। यो सबैको हितमा हुन्छ' उनले भने। 

निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.