|

अमेरिकी कारागारमा आजीवन कारावासमा सजाय भोगिरहेका डन अल चापोकी पत्नी एमा कोरोनेल एस्पुरोलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई अमेरिकामा पक्राउ गरिएको हो। ३१ वर्षीया एमालाई कोकिन, मेथमॅफेटाइन, हेरोइन र गाँजा सप्लाई गर्ने प्रमुख षड्यन्त्रकारी रहेको आरोप लगाइएको छ।

कोरोनेलसँग मेक्सिको र अमेरिका दुवै देशको नागरिकता राखेको अमेरिकी अधिकारीले जनाएका छन्। उनका दुई जुम्ल्याहा बच्चा पनि रहेका छन्।

चापो हाल मुद्रा न्यून्डरिंग र लागूपदार्थ बेचबिखन आरोपमा न्यूयोर्कस्थित जेलमा आजीवन कैद जीवन भोगिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.