काभ्रपालाञ्चोक : लागूऔषध मुद्दाका फरार प्रतिवादी रोशी गाउँपालिका-११ ठेगाना भएका राजीब भनिने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका-११ स्थित लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई कैद तथा जरिवाना बेरुजू फर्छ्याेटका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।