|

काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले विप्लव समूहलाई प्रतिबन्ध फुकाउने बारेमा छलफल भएको बुझिएको छ। सरकारले विप्लव समूहमाथि लगाइएको प्रतिवन्ध फुकुवाको गृहकार्य गरिरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बैठक नियमित बैठक एजेण्डा मै केन्द्रीत भएको जानकारी दिए। 

मन्त्रिपरिषद्को बैठकअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। सिंहदरबारस्थित रक्षा मन्त्रालय अन्तर्गत सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठक विप्लव समूहको गतिविधिको समिक्षा गर्दै सकिएको थियो। कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बसेको हुनसक्ने अनुमान गरेका छन्। बैठकलाई नियमित भनिएपनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबारअप्रत्याशित भेटवार्ता हुनुले पनि आजको बैठकलाई महत्वका साथ लिइएको हो। खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ। यसअघि गत कार्तिकमा सुरक्षा परिषद्को बैठक बसेको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.