|

अमेरिकाको हवाइ राज्यको संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुल विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाउनेगरी जारी गरेको नयाँ यात्रा आदेश रद्द गरेको छ।

ट्रम्पले मुस्लिम बहुल सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेगरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी आदेशका विरुद्धमा अदालतले फैसला गरेको हो। 

न्यायाधीश डेरिक वाट्सनले ट्रम्पको आदेश कार्यान्वयन नगर्न आदेश दिएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन्। विभिन्न ६ देशका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्धमा ट्रम्पले आदेश जारी गरेका थिए। आदेशमा शरणार्थीलाई चार महिनासम्म अमेरिका प्रवेशमा रोक लगाइएको थियो। ट्रम्पको पछिल्लो आदेश बिहीबारदेखि लागु हुनुपर्ने थियो। आदेशविरुद्ध अरु राज्यमा पनि मुद्दा परेको छ। 

यसअघि जनवरीमा सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको आदेश संघीय अदालतले खारेज गरेको थिया । पहिलेकै आदेशमा इराकलाई हटाएर उनले नयाँ आदेश जारी गरेका थिए। अमेरिकामा सुरक्षा खतरा बढेकाले विभिन्न ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको ट्रम्प प्रशासनले जनाएको छ। अदालतको निर्णयपछि ट्रम्प अप्ठयारोमा परेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.