|

भारत र इंग्ल्यान्डबीच आजबाट अहमदाबादमा डे-नाइट टेस्ट शुरू हुँदै छ। विश्वको सर्वाधिक ठूलो मैदानका रूपमा रहेको मोटेरा मैदानमा हुने तेस्रो टेस्ट दिंउसो २:४५ बाट शुरू हुने छ।

खेल शुरू हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दले स्टेडियमको उद्घाटन गर्ने कार्यतालिका रहेको छ। यो टेस्ट शुरूवातसँगै इंग्ल्यान्ड टेस्ट क्रिकेटमा प्रयोग हुने फरक-फरक तीन तरिकाको बल बाट खेल्ने देशका रूपमा रहनेछ।

इंग्ल्यान्डले एसजी, कुकाबुरा र ड्यूकबाट डे नाइट टेस्ट खेल्ने विश्वको पहिलो टीमका रूपमा रहने छ। भारत, पाकिस्तान, श्रीलंका तथा वेस्टइन्डीजले २ तथा अस्ट्रेलिया, न्युजिल्यान्ड जिम्बाब्वे र दक्षिणा अफ्रिकाले सिर्फ एउटा बलबाटै टेस्ट खेलेका छन्।

यो टेस्टमा भारतीय कप्तान विराट कोहलीलाई घरमा सर्वाधिक सफल कप्तान बन्ने अवसर समेत मिलेको छ। उनी र पूर्वकप्तान महेन्द्र सिंह धोनीले समान २१-२१ टेस्ट जितेका छन्। धोनीले भारतीय भूमिमा कूल ३० टेस्टमा कप्तानी गरेका छन् । जसमा ३ मा हार र ६ टेस्टमा बराबरी भएको छ। जहाँ विराटको कप्तानीमा भारतले घरेलु मैदानमा २८ टेस्ट खल्दा २ मा हार तथा ५ टेस्टमा बराबरी खेलेको छ।

त्यस्तै, इंग्ल्यान्डका कप्तान जो रुट पनि आफ्नो देशको सर्वाधिक सफल कप्तान बन्ने ध्याउनमा रहेका छन्। उनी केवल एक कदम टाढा छन्। अहिलेसम्म ४७ टेस्टमा कप्तानी गरेका उनले टीमलाई २६ टेस्टमा जित दिलाएका छन्। यसअघि यो रिकर्ड माइकल वानको नाममा रहेको छ।

माइकलले ५१ टेस्टको कप्तानी गर्दा २६ मा जित निकालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.