|

चौतारा : भूकम्पमा आफन्त गुमाएका सिन्धुपाल्चोकको भूकम्पपीडितले २३ महिनापछि किरिया खर्च पाएका छन्। मृतकका परिवारले पाउने एक लाख रुपैयाँ सबै पीडितले २३ महिनापछि पाएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ।

रकम नपुगेपछि पटक–पटक गृह मन्त्रालयमा माग गर्दासमेत यसअघि पठाउन सकेको थिएन। अस्थायी आवास, न्यानो कपडा, किरिया खर्च र मृतक राहतका लागि १० करोड रकम नपुग भएको थियो। तर, ६४ लाख मात्र जिल्ला दैवी उद्धार समितिको खातामा गृह मन्त्रालयले पठाएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए।

महिनौंसम्म किरिया खर्च र मृतकको राहत कुरेर बसेका पीडितहरुको खातामा राहत रकम पठाइसकेको जिल्ला प्रशासन कार्यालयका लेखापाल जयराम यादवले जानकारी दिए। 

छुटेकाले न्यानो र अस्थायी आवासको रकम नपाउने 

यसैगरी, गृह मन्त्रालयले अहिले पनि माग गरेको भन्दा ३६ लाख कम रकम उपलब्ध गराएको हुनाले अस्थायी आवास र न्यानो कपडाको रकम अब पीडितहरुले नपाउने जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ।

सिन्धुपाल्चोक जिल्लामा सरकारी तथ्यांकअनुसार भूकम्पबाट जिल्लामा ३ हजार ५ सय ७० जनाको मृत्यु, १ हजार ४ सय ३५ घाइते तथा ८ जना बेपत्ता भएका थिए। त्यस्तै, ६३ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.