|

मकवानपुर :  मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा आज विहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

मकवानपुरको मनहरीबाट हेटौंडा आइरहेको ना ६ ख ४०४४ नम्बरको ट्रकले हेटौंडाबाट गइरहेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई हेटौंडा–११ नवलपुरमा विहान अन्दाजी ५ः४० बजे ठक्कर दिँदा मयुरी चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मयुरी चालक हेटौंडा ११ का अन्दाजी ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको मकवानपुर प्रहरीले जनाएको छ।  ट्रकको ठक्करपछि गम्भीर घाइते भएको श्रेष्ठका चुरेहिल अस्पताल, हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो। 

ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी कार्य भइरहेको र ट्रक नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले थाहाखबरलाई जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.