काठमाडौं : औषधि व्यवस्था विभागले न्यून गुणस्तर भएका आठ ब्राण्डका औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ।
सात औषधि उत्पादक कम्पनीले उत्पादन गरेका कमसल औषधि बजारमा बिक्री वितरण भइरहेको र ति औषधिलाई विक्री वितरणमा रोक लगाइएको औषधि व्यवस्था विभागले जनाएकाे छ।
राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरीतका न्युन गुणस्तर पाइएको विभागले जनाएको । विभागले बजारबाट तुरुन्त फिर्ता गर्न उद्योगहरूलाई पत्राचार गरेको छ।
विभागले सूचना जारी गर्दै यस्ता औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
कमसल औषधि उत्पादन गर्नेमा बाराको प्राइम फर्मासिटिकल्स प्राली, वीरगन्जको भाष्कर हर्बसिटिकल्स, भक्तपुरको सिटीएल फर्मासिटिकल्स, बाराको म्याग्नस फर्मा, मोरङको एमटेक मेड प्राली, रुपन्देहीको बायोगेन रिमेडिज प्राली र बाराको आर्या फर्मा ल्याब छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।