|

बझाङ : बझाङको छबीसपाथिभेरा गाउँपालिका वडा नं ३ का २७ वर्षीय अमृत सिंहको हत्यामा संलग्न पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि जेल चलान गरेको छ।

अदालतले प्रतिवादीहरू वडा अध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञान बहादुर कठायतलाई कारागार चलान गरेको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जया बहादुर रोकायालाई भने १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ। तर, धरौटी राख्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको जिल्ला अदालत बझाङले  जानकारी दिएको छ। हत्याको अभियोग लागेका पाँचैजना यसअघि प्रहरी हिरासतमा थिए।

गएको माघ १३ गते स्थानीय बान्नीचौर मा.वि.मा विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। सोही विषयलाई लिएर वडा अध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले अमृत सिंहलाई खुँडा हानेर हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.